३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ४४.९४ अंकले घट्याे



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार ४४.९४ अंकले परिसूचक घटेको छ । यो अंक भनेको १.७३ प्रतिशतले घटेको हो ।  

यो दिन नेप्से २ हजार ५५४.१३ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि १.८१ प्रतिशत घटेर ४६१.८१ विन्दुमा झरेको छ । 

धितोपत्र दोस्रो बजारमा सबैभन्दा बढी हिस्सा ओगटेको बैंकिङ समूहका कम्पनीहरुको शेयरमूल्य बढ्दा बजारको गतिलाई अघि बढ्न थप सहयोग मिल्ने विश्वास मिलेको विज्ञहरु बताउँछन् । 

शेयर बजारमा बिहीबार रू. ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार बराबरको १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता शेयर कारोबार भएको छ । यसदिन २०६ वटा कम्पनीको ८३ हजार ४०७ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो ।यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सर्वाधिक रकमको शेयर कारोबार भएको छ । निफ्राको रू. ९० करोड ३५ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो । कारोबारको १० औंं दिन कम्पनीको शेयरमूल्य ३.३८ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १९ ले घटेर अन्तिम मूल्य रू. ५४३ कायम भएको छ । यसदिन कम्पनीको १६ लाख ४९ हजार ९३३ कित्ता शेयर खरीदविक्री भएको हो ।

प्रतिकित्ता रू. ६६० कायम भएको कम्पनीको मूल्य त्यसपछि भने घटेको हो । बिहीबार उच्च अंकले घटेको बजारमा १७४ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने २१ कम्पनीको बढेको छ ।

यसदिन चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशतले बढेको छ भने सनराइज फस्ट म्युचुअल फण्डको इकाईमूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ ।चन्द्रागिरी हिल्सको शेयरमूल्य प्रतिकित्ता रू. ४३ ले बढेर अन्तिम मूल्य रू. ३७७ कायम भएको हो भने सनराइज म्यचुअल फण्डको प्रतिइकाई रू. ०.९५ ले मूल्य घटेर अन्तिम इकाई मूल्य रू. १२.९४ कायम भएको हो । 

यसदिन कारोबारमा आएका १२ समूहकै परिसूचक घटेको छ । वित्त समूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशतले घटेको छ भने बैंकिङ्कको १.९९ प्रतिशत, व्यापारिकको १.८४ प्रतिशत, होटलको ०.८४ प्रतिशत, विकास बैंकको १.७७ प्रतिशत, जलविद्युतको १.३६ प्रतिशत, निर्जीवन बीमाको १.३४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.२८ प्रतिशत, अन्यको १.७३ प्रतिशत, लघुवित्तको १.३७ प्रतिशत, जीवन बीमाको १.६७ प्रतिशत र म्युचुअल फण्डको ०.२६ प्रतिशत परिसूचक घटेको छ ।