४ पुष २०८२, शुक्रबार
,
Latest
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश



अ+ अ-

काराकास । भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो । 

भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिनु भएको थियो । युरोपेली युनियनका विदेश मन्त्रीहरुको बैठकले “लोकतन्त्रको अपमान” गरेको भन्दै भेनेजुएलाका १९ जना अधिकारी विरुद्ध प्रतिबन्धहरु घोषणा गरेको थियो । 

मन्त्री अरेजाले संवाददाताहरुसँग भन्नुभयो, “आज, राष्ट्रपति निकोलास मदुरोको निर्णय बमोजिम इसाबेल ब्रिलहान्टलाई देश छाड्न ७२ घण्टाको समयावधि राखेर आदेश दिएका छौं ।”
उता, ब्रसेल्समा युरोपेली युनियनले भेनेजुएलालाई आफ्नो निर्णय फिर्ता गर्न माग गरेको छ । 

इयूका प्रवक्ता नबिला मासरालीले भेनेजुएलाको निर्णयप्रति खेद व्यक्त गर्दै यस निर्णयले अन्तर्राष्ट्रिय जगतबाट भेनेजुएला थप एक्लिने चेतावनी दिनु भएको छ । 

राष्ट्रपति मदुरोले टेलिभिजनमा सम्बोधन गर्दै युरोपेली राजदूतलाई निश्कासन गर्ने निर्णय अलोकप्रिय र ठीक नदेखिए पनि आफूहरुले बाध्य भएर यस्तो निर्णय गर्नु परेको बताउनुभयो । रासस