२६ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट बालबालिका लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह मधेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश सुदूरपश्चिममा मानवअधिकार संरक्षणमा बहुआयामिक चुनौती गुल्मीमा ३८ जातका कफीको परीक्षण कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना विस्थापित बालबालिकालाई विद्यालय शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार भोटेकोशी बाढी उद्धारमा चीनले दिएको भारी क्षमताका ड्रोन परिचालन बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यशस्वीसहित युवा खेलाडीको तारिफ गर्दै रोहितले भने – यी आजभोलिका बच्चा…



अ+ अ-

एजेन्सी । भारतका कप्तान रोहित शर्माले यशस्वी जैसवाल, सरफराज खान र ध्रुव जुरेलको फरक ढंगले प्रशंसा गरेका छन् । सोमबार रोहितले आफ्नो इन्स्टाग्राम स्टोरीमा तीन युवा स्टारको फोटो पोस्ट गरे । तस्बिरमा ‘यी आजभोलिका बच्चा’ क्याप्सन लेखिएको छ ।

पाँच खेलको टेष्ट सिरिजको तेस्रो खेलमा भारतले इंग्ल्याण्डलाई कीर्तिमानी ४३४ रनले पराजित गर्यो । भारतको जितमा यशस्वी, सरफराज र जुरेलले महत्वपूर्ण योगदान दिए । यो सरफराज र जुरेलको अन्तर्राष्ट्रिय डेब्यु खेल थियो ।

यशस्वी जैसवालले तेस्रो टेस्टको दोस्रो इनिङ्समा २१४ रनको अविजित इनिङ खेले । यस इनिङ्समा उनले १२ छक्का प्रहार गरे जुन कुनै पनि भारतीयले एक इनिङ्समा बनाएको सबैभन्दा धेरै हो ।

यस शृङ्खलामा यशस्वीको यो दोस्रो दोहोरो शतक हो । उनले सिरिजको पहिलो खेलमा दोहोरो शतक पनि बनाएका थिए । यशस्वीले अहिलेसम्म ७ टेस्ट मात्र खेलेका छन् । उनले गत वर्ष मात्र टेस्ट डेब्यु गरेका थिए ।

२६ वर्षीय दाहिने हात ब्याट्सम्यान सरफराज खानको यो पहिलो अन्तर्राष्ट्रिय खेल थियो । सरफराजले डेब्यु खेलका दुवै इनिङ्समा अर्धशतक बनाएका थिए । पहिलो इनिङ्समा उनले ६६ बलमा ६२ रनको इनिङ खेले । रविन्द्र जडेजासँगको विवादका कारण सरफराज रनआउट भएका थिए । सरफराज दोस्रो इनिङ्समा ६८ रन बनाएर अविजित फर्किए ।

२३ वर्षीय विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेलले राजकोटमा टेस्ट डेब्यू गरेका थिए । जुरेल टेस्टमा डेब्यु गर्ने ३१२ औं खेलाडी थिए । यो खेलमा जुरेलले पनि ४६ रनको इनिङ खेले । उनले विकेटकिपिङमा महत्वपूर्ण योगदान दिए ।