५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवेन्द्रजीले हतार गर्नुभयो, भिसी नियुक्त गरिएको छैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त नगरिएको स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग भेट्न आज पुगेको गोरखा पत्रकार समाजको प्रतिनिधिमण्डलसँग उहाँले सो धारणा राख्नुभएको हो ।

सञ्चारकर्मीको भिसी नियुक्तिबारेको प्रश्नमा प्रधानमन्त्रीले भन्नुभयो ‘यसमा देवेन्द्रजीले हतार गर्नुभयो, तर भिसी नियुक्ति गरिएको छैन, नियुक्त हुने प्रक्रियामै छ ।

हिजोमात्र माओवादी नेता देवेन्द्र पौडेलले प्राध्यापक डा चित्रबहादुर बुढाथोकी भिसी नियुक्त भएको भन्दै बधाई दिएपछि सोही आधारमा धेरै मिडियामा भिसी नियुक्त भएको समाचार आएको थियो ।

प्रा डा बुढाथोकीलाई तीन जनाको सर्ट लिस्टमा सिफारिस गरिएको छ । शिक्षा मन्त्रीसहितको सिफारिश समितिले उहाँको नाम १ नम्बरमै राखेर सिफारिश गरेकाले उहाँलाई धेरैले सामाजिक सञ्जालमा पनि बधाई दिएका छन् ।




भर्खरै