२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेपलाञ्चोकमा बृहत् कृषि महोत्सव सम्पन्न



अ+ अ-

धुलिखेल (काभ्रेपलाञ्चोक), । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सोमबार सम्पन्न भएको छ ।

बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताउनुभयो । प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल गाउँपालिकाले कृषिजन्य वस्तुको प्रदर्शनी गरेका थिए । महोत्वस अवलोकन गर्नका लागि विभिन्न ३५ जिल्लाका जनप्रतिनिधि सहभागी भएको उहाँले बताउनुभयो ।

किसानका समस्यादेखि उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री र प्रदर्शनीले राम्रो प्रचार पाएको भन्दै उहाँले अब जिल्लाले नै कृषिमा फड्को मार्ने आशा व्यक्त गर्नुभयो । “अब जिल्लाका किसानले पनि मल नपाउने समस्याबाट मुक्त हुनेछन्”, उहाँले भन्नुभयो, “महोत्सवले प्रत्येक पालिकामा हाटबजार चलाउन पालिकालाई महोत्सवले दबाब दिनेछ ।”

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले जिल्लाका सबै पालिका र सरकारी कार्यालयसँगको समन्वयमा महोत्सव भव्यरूपमा सम्पन्न भएको बताउनुभयो । सो क्रममा उहाँले महोत्सवले किसानको समस्या र उहाँहरूको उत्पादनको बजारीकरणका लागि बहस गर्ने र पैरवी गर्ने थलोका रूपमा विकास गरेको बताउनुभयो । महोत्सवमा दुई सयवटा कृषिसँग सम्बन्धित प्रदर्शनी कक्ष राखिएको थियो । रासस