७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनमा कोरोनाबाट मृत्यु सङ्ख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने



अ+ अ-

काठमाडौं । कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखाका  अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि  बुधबार  मात्रै  मन्त्रालयले  ६१८  जना  मृतक  थपिएको  जानकारी  दिएको  थियो  । 

इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखा  र  कोभिड  सङ्कट  व्यवस्थापन  केन्द्र  ९क्राइसिस  म्यानेजमेन्ट सेन्टर० कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक  डा।  कृष्ण  पौडेलले  क्राइसिस  म्यानेजमेन्ट  सेन्टर  र  इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  केन्द्रको  सिफारिसमा  बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी  दिए ।  उनले  केही सङ्ख्या अझै प्रमाणित हुन बाँकी  रहेकोले  थप  बढ्न  सक्ने  बताए । 

थपिएका  मृतकसँगै  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् ।गोरखापत्र दैनिकमा समाचार छ ।