२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानपावरले तीन करोड रूपैयाँ ठग्यो, ठगिनेमा पूर्व सेना र प्रहरी



अ+ अ-

काठमाडौं । बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।  

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकम फिर्ताको माग राखी निवेदन दिएका छन्। ‘उजुरीका आधारमा तीन करोड रूपैयाँ असुल गर्नुपर्ने देखिएको छ,’ उनले भने।  

यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेका छन्। उक्त म्यानपावरले पोर्चुगल, रोमानियालगायत युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै एकजनाबाट दुईदेखि १५ लाख रूपैयाँसम्म असुल गरेको थियो। अफगानिस्तान जान भन्दै उक्त म्यानपावरलाई तीन लाख रूपैयाँ बुझाएका सशस्त्र प्रहरीका पूर्ववरिष्ठ हबल्दार मधुकुमार ठकुरीले धेरैजसोलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक पाइने भन्दै म्यानपावर सञ्चालक र कर्मचारीले प्रलोभनमा पारेका थिए।  

ठकुरीलाई उक्त म्यानपावरले कुल पाँच लाख रूपैयाँ तिर्नुपर्ने सर्त राखेको थियो। ‘चिनेजानेका धेरैजसो साथी सोही म्यानपावरलाई पैसा तिरेर वैदेशिक रोजगारीमा जान तयार भएका रहेछन्,’ उनले भने, ‘मैले पनि सशस्त्र प्रहरीमा काम गरेको १६ वर्ष पूरा भइसकेको थियो। अनि जागिर छाडेर विदेश जाने निर्णय गरें।’ नागरिक दैनिकमा समाचार छ ।