• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसंग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर 

अन्तर्राष्ट्रिय झण्डा पार्क पर्यटकीय गन्तव्य अपेक्षा



कास्की । पोखराको मुख्य बजार क्षेत्रस्थित महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण गरिएको छ । साविकको सार्वजनिक पुस्तकालय रहेको स्थानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ अन्तर्गतका पाँच वटा संस्थाको रु ७० लाखको लगानीमा निर्माण गरिएको उक्त पार्क आज पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

उक्त पार्कमा संयुक्त राष्ट्र सङ्घ, संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरु, पोखरा महानगरपालिका र लायन्स क्लब अन्तर्राष्ट्रियसहित एक सय ९७ वटा झण्डा राखिएका छन् ।

प्रत्येक देशको झण्डामुनि सो देशले संयुक्त राष्ट्र सङ्घमा सदस्यता प्राप्त गरेको मितिसमेत उल्लेख गरिएको छ । त्यसैगरी पार्कको बिचमा ४० फिट अग्लो नेपालको झण्डा राखिएको छ ।

महानगर प्रमुख धनराज आचार्यले उक्त पार्क उद्घाटन गर्दै यसले पोखराको नयाँ पर्यटकीय गन्तव्य बढाउने बताउनुभयो । विश्वका सबै देशका झण्डा एकै ठाउँमा राख्दा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने उहाँको भनाइ थियो । महानगर प्रमुख आचार्यले भन्नुभयो,“पोखरामा संसारभरका पर्यटक आउँछन् । यहाँ आएर आफ्नो देशको झण्डा देख्दा उनीहरुलाई अपनत्व महशुस हुन्छ । यसले पोखराको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्नेछ ।”

झण्डा पार्क सामाजिक विषयका विद्यार्थीका लागि समेत अध्ययन अवलोकनकाको गन्तव्य बन्न सक्ने भएको छ । महानगर शिक्षा शाखाले मातहतका सबै विद्यालयलाई एक दिन सो पार्कमा विद्यार्थीलाई अध्ययन अवलोकनका लागि लैजान आग्रह गर्ने भएको छ । सेती नदीको दृश्यावलोकनसहित पार्कमा पत्रपत्रिका अध्ययन गर्न सकिने भएकाले पर्यटकको बसाइँ अवधि बढाउनसमेत पार्कले सहयोग पुग्ने महानगरले जनाएको छ ।

लायन्स क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले झण्डापार्कले विश्वका पर्यटकलाई आकर्षित गर्ने बताउँदै यस महत्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।

पोखरा आफँैमा सुन्दर सहर रहेको र झण्डा पार्कले अर्को सुन्दरता थपेको उहाँको भनाइ थियो । “यो पार्क हस्तान्तरण गर्दा संयुक्त राष्ट्रसङ्घको र लायन्स क्लबका संस्थापकको समेत सम्मान भएको छ”, अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटीले भन्नुभयो ।

महानगरपालिकाको वडा नं९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको लेकसाइड आउने पर्यटक बजार क्षेत्रमा रहेको महेन्द्रपुलमा पनि आउने र यसले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने बताउनुभयो ।

महानगरपालिकाले महेन्द्रपुलस्थित सेती नदीको किनारमा सडकको दायाँबायाँ रहेका पुराना भवन भत्काएर उक्त पार्कका साथै सार्वजनिक शौचालय पनि निर्माण गरको थियो । रासस