७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ वर्षीय किशोरमाथि एकै दिन चार बालिका बलात्कारको आरोप लागेपछी



अ+ अ-

बर्दिया । १४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाासगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरुले घटना लुकाएका थिए । तर, घटनामा पीडित एक बालिकाले अभिभावकलाई सबै कुरा बनाएपछि वास्तविकता बाहिरिएको हो ।

उनीहरु फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए । ‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए । पाहुना आएका किशोरले नजिकैको टेलरबाट टालटुली लगेर बालिकाको हात र बाँधे र पालैपालो बलात्कार गरेछन्,’ एक पीडितका बुवाले भने । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।