१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध नामिबिया १२३ रनमा अलआउट, आर्यनले लिए ६ विकेट



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरीजमा आर्यन दत्तको घातक बलिङमा नेदरल्यान्ड्सविरुद्ध नामिबिया १२३ रनमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया ३५.१ ओभरमा सबै विकेट गुमाएर मात्र १२३ रन बनायो ।

नामिबियाका लागि जोनाथन स्मिथले एक चौका र २ छक्कासहित सर्वाधिक २६ रनको योगदान दिए । रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए । जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए ।

नेदरल्यान्ड्सका लागि स्पिनर आर्यन दत्त एक्लैले ६ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३४ रन खर्चे । यस्तै, कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।