३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोलीको फिल्डिङ प्रशिक्षकमा श्रीनिवास नियुक्त



अ+ अ-

काठमाडौं । भारतका रघुराम श्रीनिवासलाई राष्ट्रिय क्रिकेट टोलीको फिल्डिङ कन्सल्टयान्ट प्रशिक्षकमा नियुक्त गरिएको छ । 
    
ओमानमा फेब्रुअरी तेस्रो सातादेखि आयोजना हुने आइसिसी टि–२० विश्वकप छनोटअघि बन्द प्रशिक्षणका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका  रुपमा नियुक्त गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । उहाँ आजै नेपाल आइपुग्नुभएको हो । 

नेपाली टोलीले आइसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल समुह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई छन् । आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । 

समूह ‘क’ मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स तथा समूह ‘ख’ मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् । नेपालले आगामी फागुन ६ गते ओमानसँग पहिलो खेल खेल्नेछ । दुवै समूहबाट फाइनलमा पुग्ने दुई टोलीले आगामी अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने टि–२० विश्वकपमा स्थान बनाउने छन् ।