६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहेको छ शुक्रबार विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ बढ्नुको साथै युके पाउण्ड स्ट्रलिङको पनि केही पैसाले बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ १७ पैसा भएको हो । त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ५४ पैसा तोकिएको छ।  

आज एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७ रुपैयाँ १२ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ । यो भनेको हिजोको तुलनामा बढेको हो । 

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ०७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ०.६ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९५ पैसा तोकिएको छ । यो भनेको हिजोको तुलनामा घटेको हो । 

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ । यी दुवै देशको पनि हिजो भन्दा केही पैसाले विनिमयदर बढेको हो ।