२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानको खाजा र खाना पार्टीको, बस्ने आफ्नै, खर्च दुई करोड



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे बैठकको उद्घाटन गर्ने कार्यक्रम छ ।

‘ज्ञराजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित कांग्रेसले महासमिति बैठक गर्न लागेको हो ।

बैठकमा पाँच वटा प्रतिवेदन पेश हुँदैछ । उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयकि, प्रवक्ता प्रकाशशरण महतले आर्थिक र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा करिब २ हजार ५ सय सहभागी हुने छन् । महासमितिमा सहभागी हुने प्रत्येकसँग ३ हजार रुपैयाँ शुल्क लिइने छ । बैठकमा करिब दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

महासमिति बैठकमा सहभागी हुनेले आवासको व्यवस्था आफैंले गर्नुपर्ने छ । उद्घाटन र समापन हुने दिनको नास्ता र खानाको व्यवस्था पनि सहभागी आफैंले गर्नुपर्ने छ । अन्य दिनमा भने बिहानको नास्ता र खाना पार्टीले खुवाउने छ ।