९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

टेलिभिजन प्रशारणमा आला कार्ट मूल्य प्रणाली लागू

टेलिभिजन प्रशारणमा आला कार्ट मूल्य प्रणाली लागू
अ अ+ अ-

काठमाडौँ । सरकारले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । आईतवार सूचना तथा प्रशारण विभागले पत्रकार सम्मेलन गर्दै फागुन २ गतेबाट लागू गरिएको बताएको हो ।

पत्रकार सम्मेलनमा विभागले सरकारले लागू गरेको आलाकार्ट मूल्य प्रणाली सेवाप्रदायकहरुले पूर्णरुपमा लागू नगरे कारबाही गर्ने चेतावनी दिएको छ । सरकारले इन्टरनेट तथा टेलिभिजन हेर्ने ग्राहकहरुलाई सहुलियत दिनेगरी ग्राहकले चाहेको टेलिभिजन च्यानलहरु मात्रै हेर्न पाइने सुविधा दिनेगरी यो प्रणाली लागू गरेको बताएको छ ।

विभागले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू हुँदा उपभोक्ताहरुले सेवा प्रदायकहरुसँग सम्पर्क गरी च्यानल छनोट र शुल्क भुक्तानी गर्न सकिने बताएको छ । उक्त प्रणाली लागू भएसँगै टेलिभिजन वितरण गर्ने सेवा प्रदायक संस्थाहरु (एमएसओ, डीटीएच, आईपीटीभी, डिटिटिबी, एलसीओ लगायत) मार्फत सेवा लिइरहेका सम्पूर्ण सेवाग्राहीहरुले उक्त सेवा प्रदायकलाई सम्पर्क गरी आफूले हेर्ने टेलिभिजन च्यानलहरुको शुल्क बुझाउँदा आलाकार्ट शुल्क प्रणालीमा आवद्ध भएर मात्रै शुल्क बुझाउन सक्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक शंकर नेपालले टेलिभिजन प्रशारणमा आला कार्ट मूल्य प्रणाली लागू गर्दा वा यो भन्दा पहिला आला कार्ट मूल्य प्रणाली लागू नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बण्डलिङ गरेर लैजान नपाइने सन्देश दिन खोजिएको बताउनु भयो । उहाँले इन्टरनेट र प्रशारण दुईवटा अलग–अलग ऐनबाट नियमन हुने गरेको बताउनु भयो ।

उहाँले सरकारले अहिलेसम्म टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गर्न उपभोक्ता पनि जागरुक हुन जरुरी रहेको बताउनु भयो । महानिर्देशक नेपालले उपभोक्ताले अग्रिम रुपमा ६ महिना एक वा दुई वर्षको लागि पैसा तिरेको अवस्था रहेको भन्दै टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू भएपछि सेवाप्रदायकले उपभोक्ताबाट उठाएको पैसा समायोजन गर्नुपर्ने बताउनु भयो । उहाँले बेसिक प्याकेज र पे च्यानल गरेर अधिकतम ४७० रुपैयाँको मूल्य सरकारले निर्धारण गरेको बताउनु भयो । उहाँले टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू भएसँगै अब ४७० भन्दा बढी उठाउन नपाइने बताउनु भयो । उहाँले सेवा प्रदायक कम्पनीहरुले अब ४७० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ इन्टरनेट र प्रशारण दुईवटा अलग–अलग ऐनबाट नियमन हुन्छ । टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गर्दा वा यो भन्दा पहिला आलाकार्ट मूल्य प्रणाली लागू नहुँदा पनि इन्टरनेट र च्यानलको मूल्यलाई बण्डलिङ गरेर लैजान पाइँदैन भन्नेकुरा उपभोक्तामा सन्देश जानुपर्छ । सरकारले अहिलेसम्म टेलिभिजन प्रसारणमा आलाकार्ट मूल्य प्रणाली लागू गर्न उपभोक्ता पनि जागरुक हुन जरुरी छ । उपभोक्ताले अग्रीम रुपमा ६ महिना एक वा दुई वर्षको लागि पैसा तिरेको अवस्था छ । टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गर्दा उपभोक्ताबाट उठाएको पैसा समायोजन हुनुपर्छ ।

अहिले जम्मा ४७० रुपैयाँको वेसिक प्याकेज र पे च्यानल गरेर अधिकतम ४७ रुपैयाँको मूल्य सूचि निकालेका छौं । अब ४७० भन्दा बढी टेलिभिजन प्रशारणमा आलाकार्ट मूल्य प्रणाली लागू गरेपछि बढी उठाउनुपर्ने हुन्छ । २५० रुपैयाँमा दिइरहेका छौं । २ सय २० थपिदिनुपर्यो भन्ने नागरिकहरुलाई सेवा प्रदायकहरुसँगबाट गयो भने उपभोक्ताले के भन्न सक्नुपर्छ भन्दा ४७० हामीले इन्टरनेटको पैसा तिरि सकेका छौं । दुवै गरेर ४७० भन्दा बढी बढाउन पाइँदैन ।’

विभागले नयाँ ग्राहक बनाउँदा समेत सेवा प्रदायकले उपलब्ध गराएको आला कार्ट मूल्य प्रणालीभित्र रही टेलिभिजन च्यानलहरु/बुकेहरु लिई सोही बमोजिम शुल्क बुझाउनुपर्ने बताएको छ । यसअघि नै सरकारले आलाकार्ट प्रणाली अन्तर्गत नेपालमा प्रसारण हुने टेलिभिजनको न्युनतम मासिक शुल्क २५० रुपैयाँ कायम गरिनुका साथै केही स:शुल्क च्यानलहरुको पनि बुके शुल्क निर्धारण गरेको थियो । मन्त्रालयले २०७९ चैत १५ गतेदेखि नै टेलिभिजन कार्यक्रमका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भार न्यायोचित बनाउन हालको शुल्क प्रणालीमा सुधार गरी आलाकार्ट शुल्क प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

विभागले अहिलेका लागि ८ ओटा स:शुल्क प्रशारक संस्थाहरुको बुके मूल्य निर्धारण गरेर आलाकार्ट प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । जसअनुसार स्टारको ३२ च्यानलको ६५ रुपैयाँ, सोनीको १८ च्यानलको ६५ रुपैयाँ, जी इन्टरटेन्मेन्टको १३ च्यानलको २५ रुपैयाँ, बनेट एण्ड कोलम्यानको ३ रुपैयाँ, डिस्कभरीको ४ च्यानलको २० रुपैयाँ, बीबीसीको प्रतिच्यानल एक रुपैयाँ, होम बक्स अफिसको १५ रुपैयाँ प्रतिउपभोक्ताले प्रतिमहिना भुक्तानी गर्नुपर्ने हुन्छ । बुकेमा सूचीकृत सबै च्यानल हेर्न चाहेको खण्डमा उपभोक्ताले प्रतिमहिना ४५० देखि ४७० रुपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ ।