९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १२ औँ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १२ औँ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न
अ अ+ अ-

काठमाडौँ । बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १२ औँ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तनहुँ घिरिङ गाउँपालिकाको उपाध्यक्ष राधादेवी अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघका निवर्तमान अध्यक्ष मित्रलाल शर्मा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारी, आइएल वुमन रुपन्देहीबाट रजिता रेग्मी, राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद सापकोटा, नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण बहादुर जिसी, नेपाल नेत्रहिन संघ काठमाण्डौँबाट शिला घिमिरे, बौद्धिक अपाङ्गता संघबाट सन्तोष जि.सी. लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी पाण्डेयले बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सीप बिकास तथा व्यवसायिक तालिम गर्नका लागि छिटै नै बिभिन्न योजनाहरु गर्ने बताउनुभएको छ । उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिको व्यवसायिक सीपको बिषयमा जापानमा अवलोकन गर्न जाने मौका प्राप्त गरेको बताउनुहुँदै उनीहरुको व्यवहारिक र व्यवसायीक सिप बिकास सहित आर्थिक सशक्तिरण गर्नु चुनौती भएतापनि सो को सम्बोधन गर्न स्थानिय सरकारले सक्दो पहल गर्ने बताउनुभयो ।

यस्तै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका निवर्तमान अध्यक्ष मित्रलाल शर्माले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुले उनीहरुको सवालहरुमा राज्य र सरोकारवालाहरुसँग पैरवी गर्दै अधिकारको लागि अभिभावकहरुलाई जागृत गरिरहेको बताउनुभयो । उहाँले शहरी क्षेत्रमा मात्र नभई ग्रामिण दुरदराजमा समेत महासंघले आफ्नो पहुँच वृद्धि गरि सचेतना जगाउँदै अभिभावकहरुलाई हेरचाह सम्बन्धी तालिम, स्थानिय सरकारसँग प्रमाणमा आधारित वकालत लगायत पैरवीका क्रियाकलाप मार्फत बौद्धिक अपाङ्गताका सवालहरुलाई स्थापित गरिरहेको बताउनुभयो । उहाँले बौद्धिक अपाङ्गताका अभिभावक महासंघले बौद्धिक अपाङ्गता भएका व्यक्तिका सवालहरुको मात्र नेतृत्व गरिरहेको मात्र नभई अपाङ्गता आन्दोलनमा दरिलो खम्बाको रुपमा आफूलाई उभ्याइरहेको बताउनुभयो ।

तनहुँ घिरिङ गाउँपालिकाको उपाध्यक्ष राधादेवी अधिकारीले अपाङ्गता भएका व्यक्तिको वर्गभित्र पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले सबैभन्दा बिभेद र बहिष्करणमा परेको महसुस गरिरहेकोले उनीहरुको सवाललाई मूल सवालको रुपमा स्थापित गर्न आफू निरन्तर रुपमा प्रयासरत भइरहेको बताउनुभयो । उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिको सवाल सम्बोधन गर्न स्थानिय सरकारले हेलचक्रयाईँ गरिरहेकोले सवालहरु स्थानिय सरकार र प्रतिनिधीहरुलाई बुझाउन अझै बढी पैरवी गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र प्रसाद सापकोटाले बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालले स्थापनाको १२ औँ बर्षमा आइपुग्नका लागि महासंघले गरेको अथक मेहनतका प्रतिफल देखा पर्न थालेको भन्दै बौद्धिक अपाङ्गता भएका व्यक्तिको वर्गीय सवाललाई मूलधारमा स्थापित गर्न महासंघले अभिभावक र स्ववकालतकर्ता मार्फत गरेका कार्यक्रमहरु अन्य वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रेरणा दिएको बताउनुभयो ।

यसैबिच उद्घाटन सत्रमा सुस्तमन:स्थिती बाल बिद्या मन्दिर रुपन्देहीको छात्रा अनिशा भट्टराईले शिरैमा शिरबन्दी बोलको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

उद्घाटन सत्रमा महासंघका महासचिव राम नारायण श्रेष्ठले महासंघले ११ औँ साधारणसभा पश्चात् १२ औँ साधारण सभासम्म आइपुग्दासम्मको समग्र प्रगति समेटिएको प्रगती प्रतिवेदन वाचन गर्नुभएको थियो ।

यसैबिच महासंघको साधारण सभाको बन्द सत्रमा महासंघको कोषाध्यक्ष गोकर्ण प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति तथा लेखा प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

महासंघको उपाध्यक्ष शिला थापाले स्वागत मन्तव्य दिनुभएको उक्त बार्षिक साधारण सभा महासंघका अध्यक्ष राजु बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

महासंघका महासचिव रामनारायण श्रेष्ठको अनुसार १२ औँ बार्षिक साधारण सभामा भाग लिन देशभरबाट १५० जनाको बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।