१ पुष २०८२, मंगलवार
,
Latest
काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकोट टेस्टमा भारतको कीर्तिमानी जित, इंग्ल्यान्ड ११२ रनमै अलआउट



अ+ अ-

राजकोट । भारतले राजकोट टेस्टमा कीर्तिमानी ४३४ रनले जित हात पारेको छ । ५५७ रनको लक्ष्यको सामना गरेको इंग्ल्यान्डको टोली चौथो इनिङ्समा १२२ रन मात्रै बनाउन सक्यो ।

रविन्द्र जडेजाले मार्क वुडलाई क्याच आउट गरे, यससँगै टोली अलआउट भयो । जडेजाले ५ विकेट लिए भने पहिलो इनिङ्समा शतक पनि बनाए ।

यो रनको अन्तरले भारतको सबैभन्दा ठूलो जित हो । यसअघि २०२१ मा मुम्बईको वानखेडे मैदानमा टोलीले न्युजिल्यान्डलाई ३७२ रनले हराएको थियो ।

दोस्रो इनिङ्समा भारतका लागि यशस्वी जैसवालले २१४ र शुभमन गिलले ९१ रन बनाए । पहिलो इनिङ्समा रोहित शर्माले १ सय ३१ र रविन्द्र जडेजाले ११२ रन बनाएका थिए । सर्फराज खानले दुवै इनिङमा अर्धशतक बनाए । बलिङमा मोहम्मद सिराजले ४ विकेट लिए ।

इंग्ल्याण्डका बेन डकेटले पहिलो इनिङ्समा १५३ रन बनाएका थिए । उनी बाहेक अन्य कुनै खेलाडीले दुवै इनिङमा अर्धशतक जोड्न सकेनन् । निरञ्जन शाह रंगशालामा भएको पहिलो इनिङ्समा भारतले ४ सय ४५ रन बनाएको थियो भने इंग्ल्याण्डले ३१९ रन बनाएको थियो । भारतले ४३० रनमा दोस्रो इनिङ्स घोषणा गरेको थियो ।

जितसँगै पाँच खेलको सिरिजमा भारतले २–१ को अग्रता लिएको छ ।