१६ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडासँग हार्यो नेपाल ‘ए’



अ+ अ-

काठमाडौँ । क्यानडा ११ सँगको एकदिवसीय क्रिकेटमा नेपाल ए पराजित भएको छ । मूलपानी क्रिकेट मैदान भएको खेलमा नेपाल ४ विकटेले पराजित भएको हो ।

नेपालले बसिर हदमदको अर्धशतकको सहयोगमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी रहँदा भेट्टायो ।

क्यानडाका लागि नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनायो ।

नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए । उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाए । त्यसैगरी रसिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे । किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे । त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक/एक विकेट लिए ।




भर्खरै