५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाउकोमा बलले लागेर घाइते भएका मुस्ताफिजुर रहमान अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । फास्ट बलर मुस्ताफिजुर रहमान बंगलादेश प्रिमियर लिग–२०२४ (बीपीएल)को प्रशिक्षणका क्रममा घाइते भएका छन् । ्उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

आइतबार बिहान जोहुर अहमद चौधरी रंगशालामा कुमिल्ला भिक्टोरियन्सको टोलीले खेलपूर्व प्रशिक्षण गरिरहेको थियो । रहमान बलिङ गर्न तयार हुँदा अन्य नेटमा ब्याटिङ गरिरहेका लिटन दासको धारदार शट उनको टाउकोको पछाडि लागेर उनी चोटिल भए ।

टाउकोबाट रगत बग्न थाल्यो । यस्तो अवस्थामा उनलाई हतार हतार इम्पेरियल अस्पतालको आकस्मिक इकाईमा भर्ना गरिएको थियो ।

टोलीका फिजियो एसएम जाहिदुल इस्लाम सजलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ट्रेनिङका क्रममा एउटा बल मुस्ताफिजुर रहमानको टाउकोको बायाँ छेउमा लागेको थियो । हामीले रक्तस्राव रोक्नको लागि कम्प्रेसन ब्यान्डेज बाँधेर तुरुन्तै उनलाई इम्पेरियल अस्पतालमा भर्ना गर्यौं ।’

क्रिकबजका अनुसार सीटी स्क्यानले रहमानको आन्तरिक रक्तस्राव नभएको खुलासा गरेको छ । उनको चोट गम्भीर छैन । उनको टाउकोको बाहिरी भागमा चोट लागेको छ । यस्तो अवस्थामा रहमानको चोट गम्भीर छैन र उनी केही दिनमा निको हुनेछन् ।

कुमिल्ला भिक्टोरियन्सले सोमबार फेब्रुअरी १९ मा सिलहट स्ट्राइकर्ससँग खेल्ने छ । यस्तो अवस्थामा रहमानलाई त्यो खेल खेल्न गाह्रो छ । टोलीले यी फास्ट बलर बिना नै जानुपर्छ । रहमानले लिगको यो सिजन ९ खेलमा ११ विकेट लिएका छन् ।