१ पुष २०८२, मंगलवार
,
Latest
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाउकोमा बलले लागेर घाइते भएका मुस्ताफिजुर रहमान अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । फास्ट बलर मुस्ताफिजुर रहमान बंगलादेश प्रिमियर लिग–२०२४ (बीपीएल)को प्रशिक्षणका क्रममा घाइते भएका छन् । ्उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

आइतबार बिहान जोहुर अहमद चौधरी रंगशालामा कुमिल्ला भिक्टोरियन्सको टोलीले खेलपूर्व प्रशिक्षण गरिरहेको थियो । रहमान बलिङ गर्न तयार हुँदा अन्य नेटमा ब्याटिङ गरिरहेका लिटन दासको धारदार शट उनको टाउकोको पछाडि लागेर उनी चोटिल भए ।

टाउकोबाट रगत बग्न थाल्यो । यस्तो अवस्थामा उनलाई हतार हतार इम्पेरियल अस्पतालको आकस्मिक इकाईमा भर्ना गरिएको थियो ।

टोलीका फिजियो एसएम जाहिदुल इस्लाम सजलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ट्रेनिङका क्रममा एउटा बल मुस्ताफिजुर रहमानको टाउकोको बायाँ छेउमा लागेको थियो । हामीले रक्तस्राव रोक्नको लागि कम्प्रेसन ब्यान्डेज बाँधेर तुरुन्तै उनलाई इम्पेरियल अस्पतालमा भर्ना गर्यौं ।’

क्रिकबजका अनुसार सीटी स्क्यानले रहमानको आन्तरिक रक्तस्राव नभएको खुलासा गरेको छ । उनको चोट गम्भीर छैन । उनको टाउकोको बाहिरी भागमा चोट लागेको छ । यस्तो अवस्थामा रहमानको चोट गम्भीर छैन र उनी केही दिनमा निको हुनेछन् ।

कुमिल्ला भिक्टोरियन्सले सोमबार फेब्रुअरी १९ मा सिलहट स्ट्राइकर्ससँग खेल्ने छ । यस्तो अवस्थामा रहमानलाई त्यो खेल खेल्न गाह्रो छ । टोलीले यी फास्ट बलर बिना नै जानुपर्छ । रहमानले लिगको यो सिजन ९ खेलमा ११ विकेट लिएका छन् ।