• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपाल ‘ए’विरुद्ध क्यानडाले १८ ओभरमा ४ विकेट गुमाएर ७३ रन बनायो



काठमाडौं । एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडा-११विरुद्ध नेपाल ‘ए’ले उत्कृष्ट सुरुवात गरेको छ ।

नेपाल ‘ए’ ले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडा १८ ओभरमा ७३-४ को स्थितिमा छ ।

क्रिजमा नवनित धलिवल ४५  बलमा ४४ रन जोडेर खेलिरहेका छन् । निखिल दत्तले २७  बलमा ८ रन जोडेका छन् ।

खेलको तेस्रो ओभरमा सृमन्थ विजयरत्ने प्रतिश जिसीको बलमा ५ रन जोड्दै मयन यादवबाट क्याच भएका थिए ।

चौथो ओभरमा आरोन जोन्सन राशीद खानको बलमा २ रन जोडेर क्याच आउट भए । दशौं ओभरमा साहब आलमले लगातार दुई विकेट लिए। उनले ९.४ ओभरमा दिलिप्रितलाई एलबीडब्लु धरापमा पारेका थिए । लगत्तै उनले अर्को बलमा हर्ष ठाकरलाई बोल्ड गरे ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।