३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकोट टेस्टमा यशस्वीको दोहोरो शतक, शृङ्खलाको दोस्रो



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको ५ टेस्ट सिरिजको तेस्रो खेल राजकोटमा जारी छ । निरञ्जन शाह रंगशालामा भएको पहिलो इनिङ्समा भारतले ४ सय ४५ रन बनाएको थियो भने इंग्ल्याण्डले ३१९ रन बनाएको थियो । भारतको अग्रता ५०० रन नाघेको छ ।

अहिले चौथो दिनको दोस्रो सत्रको खेल चलिरहेको छ । भारतले आफ्नो दोस्रो इनिङ्समा ४ विकेट गुमाएर ४१२ रन बनाएको छ ।

यशस्वी जैसवाल र सर्फराज खान क्रिजमा छन् । यशस्वीले लगातार दोस्रो खेलमा १२ छक्का प्रहार गर्दै दोहोरो शतक बनाएका छन् । सर्फराजको अर्धशतक पनि पूरा भएको छ । जैसवाल २१४ रन र सरफराज ६८ रनसहित क्रिजमा छन् ।

शनिबार, यशस्वीले अविजित १०४ रन बनाएर रिटायर्ड भएका थिए । आज शुभमनपछि उनी फेरि ब्याटिङ गर्न आएका हुन् ।
यशस्वीले आफ्नो इनिङ्समा हालसम्म १२ छक्का प्रहार गरिसकेका छन् ।

योसँगै उनी टेस्ट इनिङ्समा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय खेलाडी बनेका छन् । यसअघि नवजोत सिंह सिद्धुले सन् १९९४ मा श्रीलंकाविरुद्ध ८ छक्का प्रहार गरेका थिए ।

एक पारीमा सबैभन्दा बढी छक्का प्रहार गर्ने विश्व कीर्तिमान पाकिस्तानका वसिम अक्रमको नाममा छ । उनले सन् १९९६ मा जिम्बावेविरुद्ध १२ छक्का प्रहार गरेका थिए ।