१ पुष २०८२, मंगलवार
,
Latest
काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी रुखबाट लडेर युवकको मृत्यु प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छः प्रदीप पौडेल एमालेको ११ औं राष्ट्रिय महाधिवेशनः चौथो दिन कार्यकर्ताको उत्साहपूर्ण चहलपहल राजश्वले कुनै लक्ष्य भेटेन इन्टरनेटको प्रयोग बिना मानिसहरु बाँच्नै नसक्ने भएः प्रदीप पौडेल ‘नेपाल–कोरिया ऊर्जा सहकार्य सेमिनार–२०२५’ सम्पन्न, कोरीयाली लगानी र प्रविधिबारे चासो डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसिर अहमदको अर्धशतकमा नेपालले दियो क्यानडालाई २१७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट टीम ए ले पहिलो एकदिवसियमा क्यानडा–११ लाई २१७ रनको विजयी लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरा ओभर खेल्दै २१६ रन बनायो । नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रन जोडे । बसिरले अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । उनले ५५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै, रशिद खानले ४० रनको योगदान दिए ।

मयन यादवले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे । सन्दीप जोराले १४ रन जोडे । साहब आलम २ रनमा नटआउट रहे ।

क्यानडाका लागि कप्तान साद बिन जफरले ३, इश्वरजीत सोधीले २ तथा डिलोन हेलीगर, हर्ष ठाकेर र सहिद अहमदजाईले १–१ विकेट लिए ।

दुई सातापछि यूएईमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो । नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन् ।

नेपाल ए को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली छन् । दोस्रो खेल मंगलबार र तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।