९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

एमआई इमिरेट्सले जित्यो आइएलटी–२० को उपाधि

एमआई इमिरेट्सले जित्यो आइएलटी–२० को उपाधि
अ अ+ अ-

एजेन्सी । एमआई इमिरेट्सले पहिलो पटक इन्टरनेशनल लिग (आईएलटी–२०) को उपाधि जितेको छ । फाइनल खेलमा एमआई इमिरेट्सले दुबई क्यापिटल्सलाई ४५ रनले पराजित गर्यो ।

शनिबार दुबईमा भएको फाइनल खेलमा दुबई क्यापिटल्सले टस जितेर बलिङ रोजेको थियो । ब्याटिङ गर्दै एमआई इमिरेट्सले २० ओभरमा ३ विकेट गुमाएर २०८ रन बनाएको थियो । जवाफमा दुबईले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन मात्रै बनायो ।

इमिरेट्सका कप्तान निकोलस पूरन र आन्द्रे फ्लेचरले अर्धशतक बनाए । विजयकान्त विकान्त र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

इमिरेट्सका लागि मोहम्मद वासिम र कुसल परेराले ओपनिङ गरेका थिए । वासिम ४३ रन बनाएर आउट भए भने परेरा ३८ रन बनाएर आउट भए । यसपछि आन्द्रे फ्लेचर आए र ५३ रनको इनिङ खेले । निकोलस पुरनले उनलाई साथ दिए । यी दुईबीच ५६ रनको साझेदारी भयो ।

फ्लेचरपछि केरोन पोलार्ड आएर पूरनलाई सपोर्ट गरे । पूरन बिस्तारै खेल्दै थिए, उनले १५ बलमा १८ रन मात्र बनाए तर डेथ ओभरमा १२ बलमा ३९ रन बनाए । योसँगै पूरनले कुल ५७ रन बनाए र अविजित रहे । पोलार्ड पनि ९ रन बनाएर अविजित रहे ।

दुबईका लागि जेसन होल्डर, सिकन्दर रजा र जाहिर खानले १–१ विकेट लिए ।

दुबई क्यापिटल्सले ठूलो साझेदारी बनाउन सकेन । ओपनिङमा आएका लुक डु प्लोय शून्य रन बनाएर आउट भए । योसँगै तेस्रो नम्बरमा रहेका टम एबेलले पनि १४ रन मात्र बनाउन सके । अर्को छेउमा टम ब्यान्टन र कप्तान साम बिलिङ्सबीच सर्वाधिक ३८ रनको साझेदारी भयो ।

ब्यान्टन ३५ रन बनाएर र बिलिङ्स ४० रन बनाएर आउट भए । बिलिङ्सले इनिङ्सको सबैभन्दा ठूलो स्कोर बनाए । यो साझेदारी टुटेपछि इनिङ्स खस्कियो । रोभम्यान पावेल ८ रन बनाएर आउट भए भने जेसन होल्डर २४ रन बनाएर आउट भए ।

अन्त्यमा स्कट कागेलजिन १९ रन र राहुल चोपडा १ रनमा अविजित रहे ।

यस पटक विजेताले ७ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले करिब ३ लाख अमेरिकी डलर पाउनेछन् ।

यो एक फ्रेन्चाइज आधारित टी–२० लिगग हो, जुन इमिरेट्स क्रिकेट बोर्डद्वारा आयोजित गरिन्छ । लिगमा ६ फ्रेन्चाइजी टोली सहभागी छन् । पहिलो सिजनको उपाधि गल्फ जायन्ट्सले जितेको थियो । जहाँ, यस वर्ष एमआई इमिरेट्सले उपाधि कब्जा गर्यो ।