२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पपस्टार लेडी गागाका फ्रेन्च बुलडग लुटिए, ५ लाख डलरको इनाम घोषणा



अ+ अ-

लस एन्जलसः लेडी गागा भनेर चिनिने अमेरिकी पपस्टार गायिकाका दुई वटा फ्रेन्च बुलडग हलिउडको निवास नजिकैबाट लुटिएका छन् । प्रहरीका अनुसार हतियारधारी लुटेरा समूहले लेडी गागाका कुकुर डुलाउने व्यक्तिलाई गोली हानी घाइते बनाएर कुकुर लुटेका छन् ।

गागालाई निकै मनपर्ने ती दुई कुकुरका लागि उनले ५ लाख अमेरिकी डलर (करिब ६ करोड नेपाली रुपैयाँ) इनाम घोषणा गरेकी छिन् ।

लस एन्जलस प्रहरी विभागका जोनाथन टिपेटका अनुसार कुकुर डुलाउने व्यक्तिलाई बुधबार राति गोली हानिएको थियो, तर उनी खतरामुक्त रहेका छन् । घटना हुँदा गागाका तीन वटा बुलडग ती व्यक्तिले बाटोमा डुलाउँदै थिए, तर एउटा कुकुर भने भाग्न सफल भएको थियो ।

गागाका यी दुई कुकुरको नाम कोजी र गुस्ताभ राखिएको थियो । लेडी गागा आजभोलि एउटा मुभीको सुटिङका लागि रोममा छिन् ।

लुटेराहरु निस्सान सेडान कारमा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।   

फ्रेन्च बुलडगलाई हजारौं डलर पर्ने गर्दछ । यसअघि गत जनवरीमा सान फ्रान्सिस्कोमा एक महिलाको फ्रेन्च बुलडगको खैरो रंगको बच्चा बन्धुक देखाएर लुटिएको थियो ।   (एपी)