४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध

सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा

सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा
अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोण झन् संकुचित बन्दै गएको आरोप लगाउनुभएको छ।

आइतबार ललितपुरमा महासंघद्वारा आयोजित ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानून र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि व्यवहारमा प्रेस स्वतन्त्रता खुम्चिँदै गएको महसुस भएको बताउनुभयो।

उहाँले वर्तमान सरकारले सय दिन पूरा गरिसकेको अवस्थामा सञ्चार क्षेत्रप्रति सकारात्मक परिवर्तन देखिनुपर्ने अपेक्षा भए पनि सरकारको दृष्टिकोण थप संकुचित भएको अनुभव महासंघले गरेको बताउनुभयो। पत्रकारहरूको सूचनामा पहुँच सीमित बन्दै गएको भन्दै उहाँले त्यसका कारण सरकारका नीति तथा निर्णयबारे जानकारी प्राप्त गर्नसमेत कठिनाइ भइरहेको उल्लेख गर्नुभयो।

अध्यक्ष शर्माले सिंहदरबारभित्र मन्त्रालयसम्म पत्रकार पुग्न सक्ने अवस्था रहे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेटसम्म समेत प्रवेश गर्न नपाइने अवस्था रहेको बताउनुभयो। त्यस्तै, संसदीय समितिहरूमा पनि पत्रकारहरूले सहज रूपमा प्रवेश गर्न नसक्ने अवस्था रहेको भन्दै यसले सूचना प्रवाहमा अवरोध सिर्जना गरेको धारणा राख्नुभयो।

उहाँले सरकारले राजनीतिक तथा आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको हो कि भन्ने गम्भीर प्रश्न उठेको बताउनुभयो। राज्य सधैं केही हदसम्म अनुदार हुने प्रवृत्ति देखिएको उल्लेख गर्दै अघिल्ला सरकारदेखि हाल करिब दुईतिहाइ समर्थन प्राप्त सरकारसम्मले पनि सञ्चारमाध्यमप्रति संकुचित दृष्टिकोण अपनाएको अनुभूति महासंघले गरेको उहाँको भनाइ थियो।

अध्यक्ष शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत सूचना माग्ने, सूचना प्राप्त गर्ने, तथ्यको परीक्षण र यकिन गरेर मात्र समाचार तथा सामग्री प्रकाशन–प्रसारण गर्ने अधिकार सुनिश्चित रहेको स्मरण गराउँदै संविधानले प्रत्याभूत गरेका यी अधिकारको पूर्ण कार्यान्वयनतर्फ सरकार प्रतिबद्ध देखिन नसकेको आरोप लगाउनुभयो।