५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग टोटेनहम पराजित, नटिङहमले वेस्टहामलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वल्भ्सले टोटेनहमलाई पराजित गरेको छ । गएराति भएको खेलमा वल्भ्सले टोटेनहमलाई उसकै घरेलु मैदानमा २–१ गोलले पराजित गरेको हो ।

वल्भ्सको जितमा दुवै गोल जोआओ गोमेजले गरे । उनले ४२ औं तथा ६३ औं मिनेटमा गोल गरे । यता, ४६ औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरेपनि टोटेनहमको हार टार्न सकेनन् ।

यो नतिजासँगै टोटेनहम २५ खेलबाट ४७ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । वल्भ्स ३५ अंकका साथ ११ औं स्थानमा छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा नटिङहम फरेस्टले वेस्टहाम युनाइटेडलाई पराजित गर्यो । खेलको पहिलो हाफको इन्जुरी समयमा ताइओ एयोइनीले तथा अन्तिममा इन्जुरी समयमा कालुम हडसन ओडोइले अर्को गोल थपे ।

खेलको ७१ औं मिनेटमा काल्भिन फिलिप्सले रातो कार्ड खाएपछि वेस्टहाम १० खेलाडीमा समेटिएको थियो । वेस्टहाम ३६ अंकका साथ आठौं स्थानमा रहँदा नटिङहम २४ अंकका साथ १५ औं स्थानमा छ ।