• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

ठगीको आरोपमा बेलायतमा रहेका कानून ब्यवसायी राजु थापाबिरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं। भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानून ब्यवसायी राजु थापाबिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बेलायतको लण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा कार्यालयमा एभरेष्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आउनु भएका थापाबिरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत काठमाडौंले राजु थापासँगै उनका नेपाली साझेदार समी काछी रोजी श्रेष्ठबिरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

‘फरार प्रतिवादीहरु राजु थापा र समी काछी रोजी श्रेष्ठका नाममा मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा ५७ कमोजिम पक्राउ पुर्जी जारी गरी पक्राउ परी आए वा आफै हाजिर हुन आए बयानका लागि इजलाशसमक्ष पेश गर्नु, पक्राउ परी नआए वा म्यादभित्र आफै हाजिर हुन पनि नआए ऐ। संहिताको दफा १५ र ६५ बमोजिमका निजका बिवरण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत झिकाई रोक्का राखी नियमानुसार गरी पेश गर्नु,’ जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीमा भनिएको छ ।

अदालतले फागुन २ गते थापा र श्रेष्ठको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।