१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकलाई
अ अ+ अ-

कास्की : पोखरामा आज सम्पन्न १८औँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जित्नुभएको छ ।

नेपाली खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा केन्याली धावकले उपाधि चुम्नुभएको हो । उहाँले निर्धारित ४२.१९५ किलोमिटर दुई घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्नुभएको छ ।

यसैगरी, केन्याकै अर्का धावक इसाक किहारा कमिरीले दुई घण्टा २० मिनेट ०५ सेकेन्डमा दौड पूरा गरेर उपविजेताको पुरस्कार हासिल गर्नुभयो । पुरस्कारको राशि रु तीन लाख छ ।

अघिल्लो संस्करणका विजेता केन्याली धावक इडविन किप्लागटले दुई घण्टा २० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय हुँदै रु दुई लाख पुरस्कार प्राप्त गर्नुभयो । नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा समेटिनुभयो । उहाँले उक्त दूरी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा पूरा गर्नुभएको थियो । प्रात्साहनस्वरुप उहाँलाई रु ३० हजार नगद  पुरस्कार प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो । यसैगरी, महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँले निर्धारित २१ किलोमिटर एक घण्टा १८ मिनेट ३९ सेकेन्डमा पार गर्दै नगद रु एक लाख ५० हजार प्राप्त गर्नुभयो ।

केन्याली अवीजल जेरोप एक घण्टा १९ मिनेट दुई सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो हुँदा राममाया बुढाले एक घण्टा १९ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गर्नुभयो । नेपालकी फूलमती रानाले एक घण्टा २१ मिनेट ०७ सेकेन्डमा निर्धारित दूरी पार गरी सान्त्वना स्थान हासिल गर्नुभयो ।

पुरुष १० किलोमिटर दौडमा ३१ मिनेट १५ सेकेन्डमा दूरी पार गरी टङ्कबहादुर कार्की प्रथम, सुवास कार्की द्वितीय हुँदा ३२ मिनेट ३७ सेकेन्डमा पार गर्नुभयो । तृतीय हुनुभएका सञ्जीव नेपालीले ३३ मिनेट २९ सेकेन्डमा दूरी पूरा गर्नुभयो । प्रथम हुनुभएका कार्कीले रु ३० हजार, द्वितीय हुनुभएका सुवासले रु २० हजार र तृतीय हुनुभएका नेपालीले रु १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

महिला १० किलोमिटर दौडमा ४२ मिनेट १६ सेकेन्डमा दूरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी सीमा चौधरी द्वितीय र ४४ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै नम्रता गुरुङ तृतीय हुनुभयो ।

यसैगरी, पाँच किमी छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तृतीय हुनुभयो । छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जीला जिटी तृतीय हुन सफल हुनुभयो ।

यसैगरी, पाँच किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही,  नीमबहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । महिलातर्फ चित्रा गुरुङ, विष्णुकुमारी गुरुङ र चेतमाया पँगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो ।

प्रतियोगिताको पाँच किलोमिटर छात्रछात्रा तथा भेट्रान दौडमा प्रथम हुनेलाई जनही रु १५ हजार, दोस्रोलाई जनही रु १०  हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई जनही रु सात हजार पुरस्कार प्रदान गरिएको थियो । रासस