१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सद्वारा नेपालसामु १३८ रनको लक्ष्य प्रस्तुत



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन जोड्यो ।

उसका लागि स्कट इडवार्ड्सले ३३, बास डि लिडेले २७, सिब्रान्ड एंगलब्रेच्टले २३, नोहा क्रोइसले १२, म्याक्स ओ’डोडले १० तथा आर्यान दत्तले १० रन जोडे । यस्तै काइल क्लेइन ११ रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामी १–१ विकेट लिए ।