२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सले चौंथो विकेट गुमायो, ललितले आउट पारे लिडेलाई



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई चौंथो सफलता मिलेको छ ।

ललित राजवंशीले नेपाललाई चौंथो सफलता दिलाएका हुन् । उनले बास डि लिडेलाई बोल्ड आउट पारे । जमेर खेलिरहेका लिडे ४४ बलमा २७ रन जोडेर पेभिलियन फर्किए ।

टस हारेर ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले ताजा स्थितीमा १९.५ ओभरमा ४ विकेट गुमाएर ६८ रन जोडेको छ ।