२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुप्रिम सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ



अ+ अ-

भैरहवा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् ।

एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापन दुर्गा चापागाई पाण्डेयलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयको प्रतिवेदन र बचतकर्ताको उजुरीपछि अध्यक्ष गुरूङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुप्रिम सहकारीका संस्थापक अध्यक्ष एवम् संरक्षक गितेन्द्रबहादुर (जिबी) राई भने एक वर्षदेखि सम्पर्कविहीन छन् । उनलाई विभिन्न जिल्लाका १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रूपैयाँ हिनामिनाको आरोप लाग्दै आएको छ ।

सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रूपैयाँ ऋण दिएको थियो ।