२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा निषेधित क्षेत्रको अवधि फेरि दुई महिना थपियो



अ+ अ-

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा लगाइएको निषेधित क्षेत्रको अवधि दुई महिना थपेको छ ।

माइतीघर मण्डलादेखि बानेश्वरसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद् भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको हो ।

गत मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न नपाइने भन्दै निषेधित क्षेत्र तोकिएको थियो । त्यसयता निषेधित क्षेत्रको अवधि बढाइँदै लगेको छ ।

गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रमका कारण प्रशासनले निषेधित क्षेत्र तोकेको थियो । त्यसपछि पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/02/निषेध_आदेश1.pdf” title=”निषेध_आदेश(1)”]