२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीलाई जग्गा फिर्ता हुने आश



अ+ अ-

महोत्तरी । आफ्नो भोगचलनमा रहेको जग्गा अर्कैको नाउँमा दर्ता हुँदा बिरक्तिएका महोत्तरीको भङ्गहा–४ थारूटोल बनराका सुकुम्बासीलाई अब भने राहत पाइने आश जागेको छ । आफ्नै ठाउँबाट धपिनुपर्ने पीडा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुनाएपछि उहाँले जग्गासम्बन्धी छानबिन गरिने प्रतिबद्धता जनाएपछि आश पलाएको हो ।

“करिब २५ वर्षदेखि हाम्रो जग्गा अर्कैले भोगचलन गर्दैछन”, सुकुम्बासी बस्तीका कैलाश चौधरी थारूले भन्नुभयो, “यसपालि प्रधानमन्त्रीले छानबिन आयोग बनाउन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ ।’’ प्रधानमन्त्रीको निर्देशनले थारूटोल बनराका सुकुम्बासीले न्याय पाउने उहाँ बताउनुहुन्छ ।

रातु नदीको नदीउकास क्षेत्रमा २००० सालदेखि बसोबास गर्दै आएका आदिवासी थारू एवं मुसहर, बाँतर, चमार, खत्बेलगायतका दलित परिवारका चौथो पुस्ताका सन्तान यहाँ बस्छन् । विसं २०५१ मा सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनाएर लालपुर्जा दिने आश्वासन दिएको थियो । आफ्नो जग्गा अर्कैको नाउँमा दर्ता भएको थाहापाएपछि उनीहरु निराश छन् ।

“पहिला चालै पाइएन, १०–१२ वर्षपछि नचिनेका बाहिरी व्यक्ति मेरो जग्गा भन्दै आउन थाले”, सो बस्तीकी ७५ वर्षीया रामसुनरदेवी थारू भन्नुहुन्छ, “अनि जग्गाबारे खोजीनीति हुन थाल्यो ।” प्रधानमन्त्री स्वयंले तत्परता लिएभएपछि जग्गाबारे खोजबिन हुने विश्वास बढेको उहाँको भनाइ छ ।

थारूटोल बनरामा चार पुस्तादेखि घरझुप्रा बनाएर बसोबास गर्दै र पर्ति जग्गा खनजोत गर्दै आएका एक सय ८७ परिवारको जग्गा जति अर्कैको नाउँमा दर्ता भएपछि बिचल्ली भएको छ । “हाम्रो टेक्ने समाउने केही आधार रहेन”, स्थानीय जयकरण बाँतर भन्नुहुन्छ ।

सुकुम्बासीले बिहीबार प्रधानमन्त्री दाहालसँग भेटघाट गरेका थिए । थारूटोल बनराको सुकुम्बासी बस्तीको जग्गा दर्ताबारे छानबिन हुनपर्ने, जग्गा दर्ता गराउने अधिकारी र भूमाफियालाई कारबाही हुनपर्ने, बाहिरी व्यक्तिका नाममा दर्ता भएको स्वामित्व खारेज हुनपर्ने र घरझुप्रा बनाएर बसेका सुकुम्बासी तथा खनजोत गर्दै आएका भूमिहीनका नाममा जग्गा दर्ता गरिनुपर्ने सुकुम्बासीको माग छ । रासस