• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

फोहर व्यवस्थापनको कुरा: प्रधानमन्त्री निरन्तर निर्देशन दिईरहने तर कार्यन्वयन कहिल्यै नहुने !



काठमाडौं । गत माघ ११ राष्ट्रिय सभा चुनावमा कोशीबाट माओवादीकी चम्पा कार्की मात्र पराजित भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल निबै तनाबमा हुनुहुन्थो । आफनो पार्टीको उम्मेदवार मात्र पराजित भएपछि तनाबमा रहनु भएका प्रधानमन्त्रीको झाकोमा भने मुख्य सचिब डा बैकुण्ठ अर्याल र लगानी बोर्डका प्रमुख सुशील भट्ट परे ।

काठमाडौ उपत्यकाको फोहर व्यवस्थापनमा निकै चिन्ता र चासो व्यक्त गर्दे आउनु भएका प्रधानमन्त्रीले अगिल्लो बैठकमा ठोस योजना सहित कार्यन्वयनको लागि निर्देशन दिनु भएको थियो र सो बैठकमा उहाँहरुले योजना ल्याउनु पर्ने थियाे, तर त्यो दिन पनि उहाँहरुले टालटुले जबाफ दिएपछि कोशीको झाकोमा परेका थिए ।

आफुले दिएको निर्देशन कार्यन्वयन नभएको र कानूनको अनेकन उल्झन देखाएर फुत्कन खोजेपछि प्रधानमन्त्री उहाँहरुसंग पड्नु भएको स्रोतले जानकारी दियो । सो बैठक स्थलबाटै उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनलाई फोन गर्नुभएका प्रधानमन्त्रीलाई महर्जनको जबाफ झन् आगोमा ध्यु थप्ने काम भयो ।

स्रोतका अनुसार मेयर महर्जनले प्रधानमन्त्रीको निर्देशनलाई कार्यन्वयन नहुने अबस्थामा के काम हुन्छ भन्दै प्रश्न गर्नुभएको थियो । महर्जनको जबाफ पछि प्रधानमन्त्रीले एकसाता भित्र कार्ययोजना बनाउन निर्देशन दिनुभएपछि झण्डै एक महिना पुग्न लाग्दा पनि कुनै प्रगति नभएको प्रधानमन्त्री कार्यलयको स्रोतले जानकारी दियो ।

उपत्यकाको फोहर व्यवस्थापन गर्न नेपाल सरकार र नेपवेस्टको बीचमा २०११ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन सकेको छैन । काठमाडौ महानगरले लामो समय सम्म फाईल अड्कायर राखेका कारण कार्यन्वयन हुन नसकेको सो बिषय अहिले फर्केर सरकारको टेवलमा पुगेको छ । आफनै टेबलमा आएको र पटक पटक निर्देशन दिएको बिषय पनि कार्यन्वयन नभए पछि प्रधानमन्त्री आफुलाई असहयोग भएको गुनासो गर्दे आउनु भएको छ ।

यो पनि पढ्नुहोस- बारुदको थुप्रोको छेवैमा रहेको बस्ती

बिगतमा काठमाडौ महानगरपालीकालाई दोष दिएर पन्छने गरेपनि अब भने त्यसको अपजस प्रधानमन्त्री दाहालाई जाने निश्चित नै छ । यस बिषयमा लगानी सहरी बिकास मन्त्रालय , लगानी बोर्ड र संघीय मामिला मन्त्रालयले असयोग गरेको गुनासो उहाँले गर्न थाल्नु भएको छ ।

यो पनि पढ्नुहोस- प्रधानमन्त्रीका दिनदिनैका निर्देशनस् कति हुन्छ पालना ?