२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहर व्यवस्थापनको कुरा: प्रधानमन्त्री निरन्तर निर्देशन दिईरहने तर कार्यन्वयन कहिल्यै नहुने !



अ+ अ-

काठमाडौं । गत माघ ११ राष्ट्रिय सभा चुनावमा कोशीबाट माओवादीकी चम्पा कार्की मात्र पराजित भए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल निबै तनाबमा हुनुहुन्थो । आफनो पार्टीको उम्मेदवार मात्र पराजित भएपछि तनाबमा रहनु भएका प्रधानमन्त्रीको झाकोमा भने मुख्य सचिब डा बैकुण्ठ अर्याल र लगानी बोर्डका प्रमुख सुशील भट्ट परे ।

काठमाडौ उपत्यकाको फोहर व्यवस्थापनमा निकै चिन्ता र चासो व्यक्त गर्दे आउनु भएका प्रधानमन्त्रीले अगिल्लो बैठकमा ठोस योजना सहित कार्यन्वयनको लागि निर्देशन दिनु भएको थियो र सो बैठकमा उहाँहरुले योजना ल्याउनु पर्ने थियाे, तर त्यो दिन पनि उहाँहरुले टालटुले जबाफ दिएपछि कोशीको झाकोमा परेका थिए ।

आफुले दिएको निर्देशन कार्यन्वयन नभएको र कानूनको अनेकन उल्झन देखाएर फुत्कन खोजेपछि प्रधानमन्त्री उहाँहरुसंग पड्नु भएको स्रोतले जानकारी दियो । सो बैठक स्थलबाटै उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनलाई फोन गर्नुभएका प्रधानमन्त्रीलाई महर्जनको जबाफ झन् आगोमा ध्यु थप्ने काम भयो ।

स्रोतका अनुसार मेयर महर्जनले प्रधानमन्त्रीको निर्देशनलाई कार्यन्वयन नहुने अबस्थामा के काम हुन्छ भन्दै प्रश्न गर्नुभएको थियो । महर्जनको जबाफ पछि प्रधानमन्त्रीले एकसाता भित्र कार्ययोजना बनाउन निर्देशन दिनुभएपछि झण्डै एक महिना पुग्न लाग्दा पनि कुनै प्रगति नभएको प्रधानमन्त्री कार्यलयको स्रोतले जानकारी दियो ।

उपत्यकाको फोहर व्यवस्थापन गर्न नेपाल सरकार र नेपवेस्टको बीचमा २०११ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन सकेको छैन । काठमाडौ महानगरले लामो समय सम्म फाईल अड्कायर राखेका कारण कार्यन्वयन हुन नसकेको सो बिषय अहिले फर्केर सरकारको टेवलमा पुगेको छ । आफनै टेबलमा आएको र पटक पटक निर्देशन दिएको बिषय पनि कार्यन्वयन नभए पछि प्रधानमन्त्री आफुलाई असहयोग भएको गुनासो गर्दे आउनु भएको छ ।

यो पनि पढ्नुहोस- बारुदको थुप्रोको छेवैमा रहेको बस्ती

बिगतमा काठमाडौ महानगरपालीकालाई दोष दिएर पन्छने गरेपनि अब भने त्यसको अपजस प्रधानमन्त्री दाहालाई जाने निश्चित नै छ । यस बिषयमा लगानी सहरी बिकास मन्त्रालय , लगानी बोर्ड र संघीय मामिला मन्त्रालयले असयोग गरेको गुनासो उहाँले गर्न थाल्नु भएको छ ।

यो पनि पढ्नुहोस- प्रधानमन्त्रीका दिनदिनैका निर्देशनस् कति हुन्छ पालना ?