काठमाडौ । नेकपा ओली समूहका नेता एबं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ससंदको सर्बोच्चता मान्नेहरुले प्रधानमन्त्रीलाई राजीनामा गर्न दवाव दिनु लाई अनुचित, क्षुद्र र अनैतिक भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक संञ्जालमा नेता पोखरेलले लेख्नु भएको छ –ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो ।
मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो । यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीले राजीनामा गर्न दवाव दिइरहेका छन् !! यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ? संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति?











