२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधब नेपाललाई ईतिहास संम्झन ईश्वर पोखरेलको सुझाब



अ+ अ-

काठमाडौ । नेकपा ओली समूहका नेता एबं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ससंदको सर्बोच्चता मान्नेहरुले प्रधानमन्त्रीलाई  राजीनामा गर्न दवाव दिनु लाई  अनुचित, क्षुद्र र अनैतिक भएको टिप्पणी गर्नुभएको छ ।  

सामाजिक संञ्जालमा नेता पोखरेलले लेख्नु भएको छ –ताजा जनादेशका लागि तत्कालिन  प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो । उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो ।

मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधान मन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो । यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिदै अहिले प्रधानमन्त्री केपी ओलीले  राजीनामा गर्न दवाव दिइरहेका छन् !! यस्तो अनुचित, क्षुद्र र अनैतिक दवाव किन ? संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति?