४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरमा पाटेबाघ मृत फेला



फाईल फोटो
अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा आज पाटेबाघ मृत फेला परेको छ । मध्यविन्दु–१० अरुणखोलास्थित भूपू तमासपुर जाने बाटो नजिकैको वनमा भाले पाटेबाघ मृत फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडलले प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । “करिब १० देखि १५ दिन अगाडि पाटेबाघ मरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले सो घटनाको अध्ययन गर्न पशु चिकित्सकसहितको टोली खटिएको बताउनुभयो ।