• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

कृष्ण कँडेलको प्रश्नः शर्मिला बहिनीले तीनवर्ष के हेरेर बस्नुभयो ?



काठमाडौँ । लोक कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको आरोप लगाएका छन् । लोकगायक समेत रहेका कँडेलले राजधानीमा एक कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन् ।

बिहीबार इन्द्रेणीका पाँच कलाकारले सञ्चालक कृष्ण कँडेलले आफूहरूलाई कुटपिट गर्दै अपमानजनक ढंगले जागिरबाट निकालेको गुनासो गरेका थिए । यसै विषयलाई लिएर कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारे ।

‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ । त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो ।’ उनले भने ।

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको स्वीकार गर्दै कँडेलले आफूमाथि लागेको विभिन्न आरोप बनावटी र झुटो रहेको भन्दै खण्डन समेत गरे ।

‘इन्द्रेणी सबैको रुने ठाउँ हो । मैले कसैलाई अन्याय गरेको छैन । कसैलाई नचाहिँदो तवरबाट निकालेको छैन । मेरो बारेमा नेगेटिभ कुरागर्ने, गुटबन्दी गर्ने, काट्छु र मार्छु भनेपछि के गर्ने ?’ उनले प्रश्न गरे । यस्तै, कँडेलले आफूले अहिलेसम्म कसैको पैसा नखाएको भन्दै आम मानिसलाई बाहिर आएका विभिन्न कुराबाट भ्रममा नपर्न समेत अनुरोध गरे ।