१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण कँडेलको प्रश्नः शर्मिला बहिनीले तीनवर्ष के हेरेर बस्नुभयो ?



अ+ अ-

काठमाडौँ । लोक कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूलाई सिध्याउने खेल सुरु भएको आरोप लगाएका छन् । लोकगायक समेत रहेका कँडेलले राजधानीमा एक कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन् ।

बिहीबार इन्द्रेणीका पाँच कलाकारले सञ्चालक कृष्ण कँडेलले आफूहरूलाई कुटपिट गर्दै अपमानजनक ढंगले जागिरबाट निकालेको गुनासो गरेका थिए । यसै विषयलाई लिएर कँडेलले आफूले शर्मिला श्रेष्ठ र कविता लामालाई नराम्रो कुनै गतिबिधि र नजरले समेत नहेरेको स्पष्ट पारे ।

‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि हेरेष्मेन्ट गरेको आरोप लगाउनु भएको छ । त्यस्तो हो भने यो तीनवर्ष के हेरेर बस्नु भयो ।’ उनले भने ।

विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केहीसमय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको स्वीकार गर्दै कँडेलले आफूमाथि लागेको विभिन्न आरोप बनावटी र झुटो रहेको भन्दै खण्डन समेत गरे ।

‘इन्द्रेणी सबैको रुने ठाउँ हो । मैले कसैलाई अन्याय गरेको छैन । कसैलाई नचाहिँदो तवरबाट निकालेको छैन । मेरो बारेमा नेगेटिभ कुरागर्ने, गुटबन्दी गर्ने, काट्छु र मार्छु भनेपछि के गर्ने ?’ उनले प्रश्न गरे । यस्तै, कँडेलले आफूले अहिलेसम्म कसैको पैसा नखाएको भन्दै आम मानिसलाई बाहिर आएका विभिन्न कुराबाट भ्रममा नपर्न समेत अनुरोध गरे ।