२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवास निर्माणका लागि विपद्पीडितको लाभग्राही पहिचान सुरु



अ+ अ-

काठमाडौं । सरकारले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ पारित गरेलगत्तै आवास निर्माणका लागि लाभग्राही पहिचानको काम सुरु भएको छ । मनसुनजन्य विपद्अन्तर्गत नेपालमा यस वर्षको बाढी र पहिरोमा परी घरबास गुमाएकाहरूलाई अनुदान दिएर पुनस्र्थापना गर्न सरकारले यो कार्यविधि ल्याएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यान्वयनमा ल्याउने यो कार्यविधि मातहत रहेर लाभग्राही पहिचान सुरु गरिएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । कार्यविधिअनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासलाई सुरक्षित तरिकाले मर्मत, प्रबलीकरण, पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई व्यवस्थित रूपले सञ्चालन गरी विपद् प्रभावितलाई प्रदान गरिने अनुदानलाई व्यवस्थित गरिने छ । यस वर्ष जेठ ३० बाट सुरु भई असोज ३० गतेसम्म कायम रहेको मनसुनका क्रममा बाढीबाट ४२ र पहिरोबाट ३०१ गरी कुल ३४३ जनाको मृत्यु भएको थियो । त्यस्तै दुवै थरी विपद्बाट १०१ जना बेपत्ता भएका छन् ।

त्यस्तै हजारौँ घरबारविहीन भएका छन् । यसरी घरबारविहीन भएकालाई पुनर्वास गराउन लाभग्राही पहिचान गर्न हरेक जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घरधुरी सर्वेक्षण सुरु भएको पोखरेलले जानकारी दिए । उनले भने, “लाभग्राहीको पहिचान गरेपछि स्थानीय तहले पठाएको सिफारिसका आधारमा किस्ताबन्दीमा पुनर्वास र घर मर्मत सम्भारका लागि अनुदान रकम प्रदान गरिने छ ।”

त्यो सिफारिसलाई भने जिल्ला विपद् व्यवस्थापन समितिले अनुमोदन गर्नुपर्नेछ । विभिन्न फरक फरक प्रावधानअनुसार पुनर्वास गराउने कार्य लाभग्राही पहिचानपश्चात् सुरु गरिने छ ।

(गोरखापत्र दैनिकबाट)