१६ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द सुदूरपश्चिमका नागरिकको उद्धारमा जुट्न मुख्यमन्त्री भट्टको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसहित विमानस्थलमा समातिएका उप–प्रधानमन्त्री खड्काका भाइ केहीबेर नियन्त्रणपछि छुटे



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्काका भाइ डमर खड्कालाई केहीबेर नियन्त्रणमा लिएर छाडेको छ ।

भन्सार कार्यालयले विदेशबाट सुन ल्याएको भन्दै खड्कालाई नियन्त्रणमा लिएको हो । भन्सार स्रोतका अनुसार कतार एयरलाइन्सबाट बिहान सवा नौ बजे काठमाडौँ ओर्लिएका उनका साथमा अवैध सुन देखिएपछि भन्सारले नियन्त्रणमा लिएको थियो ।

केहीबेर नियन्त्रणमा राखेपछि माथिल्लो निकायबाट दबाब आएको भन्दै उनलाई ल्याएको सामान जफत गरी रिहा गरिएको थियो । भन्सार स्रोतका अनुसार पछि त्यो सामान समेत फिर्ता गरिएको थियो ।

खड्काले शरीरमा अस्वभाविक रुपमा गर–गहना पहिरिएर आएका थिए ।