२५ जेष्ठ २०८३, सोमबार
,
Latest
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने



अ+ अ-

काठमाडौं । नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर  देखाउने  गरी  नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी  निगम र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ । 

केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाका अनुसार हाइड्रोजन उत्पादन तथा व्यावसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछध्र कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छध्र विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार तथा निगमले गर्नुपर्ने   नितीगत परिमार्जन तथा स्वीकार्यताका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

हाइड्रोजन उत्पादनमा प्रयुक्त प्रविधिलाई नेपाल भित्र्याउने र त्यो प्रविधिलाई नेपालको अवस्थाअनुसार स्वीकार्यता सिर्जना गर्न रूपान्तरण गर्नेसम्मको योजना यसमा बनाइएको  छ । नेपालमा हालसम्म हाइड्रोजनको व्यावसायिक उपयोगिता सुरु भइसकेको छैनन् । (गोरखापत्र दैनिकबाट)