२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध रोमाञ्चक जित निकाल्दै मलेसिया फाइनलमा, नेपालको एसिया कप खेल्ने सपना समाप्त



अ+ अ-

काठमाडौँ । मलेसिया एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ को फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाललाई चार विकेटले हराउँदै मलेसिया फाइनलमा पुगेको हो । नेपालले दिएको ११६ रनको लक्ष्य मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

अन्तिम समयसम्म रोमाञ्चक बनेको खेलमा मलेसियालाई जित दिलाउन इल्सा हन्टरले ६९ रनको अविजित इनिङ्स खेलिन् । ५३ बल खेलेकी उनले ६ चौका हिर्काइन् । यस्तै, माहिराह इज्जाती इस्माइलले १६, मास इलिसाले १३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सिता रानामगर र कविता जोशीले २–२ विकेट लिए भने कविता कुँवर र रुविना क्षेत्रीले १–१ विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १५ रन बनायो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन । उनले ३७ बल खेल्ने क्रममा दुई चौका प्रहार गरिन् ।
त्यसैगरी डली भट्टले १४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २५ , सीता रानामगरले छ, कविता कुँवरले ३१ बलमा दुई चौकाको सहयोगमा २३ र  रुविना क्षेत्रीले १८ बलमा दुई चौकाको सहयोगमा २० रन बनाइन् ।
मलेसियाकी महिराह इज्जाती इस्माइलले दुई विकेट लिइन भने विनिफ्रेड दुराई सिंघमले एक विकेट लिइन् ।

जितसँगै मलेसियाले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउने भएको छ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली मलेसियन र युएईले एसिया कप क्रिकेट खेल्ने भएका हुन् ।

यसअघि युएईले थाइल्याण्डलाई चार रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका यी दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।