२५ जेष्ठ २०८३, सोमबार
,
Latest
काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्धक बनाएर बलात्कार : आरोपितले स्विकारिसके, उजुरी दिन उमेर पुगेन



अ+ अ-

काठमाडौं । आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।

आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। किनकि, उनको उमेर पुगेकै छैन।

बालिकामाथि बलात्कार हुन सक्छ। तर, कानुनले तिनलाई स्वयं उजुरी गर्न रोक्दो रहेछ। पीडित मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ। मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा–आमा कहाँ छन् भन्ने पत्तो छैन। आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने सुनेकी छन्। आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन। भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बाध्यता बन्यो। (अन्नपूर्ण पोष्ट दैनिकबाट)