९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई एसिया कप खेल्न ११६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ११५ रन जोड्यो ।

नेपालका लागि इन्दु वर्माले २९, कविता कुँवरले २३, डली भट्टले २५, रुविना क्षेत्रीले २० रन जोडिन् । मलेसियाका लागि बलिङतर्फ मलेसियाका माहिरा इज्जाती इस्माइलले दुई तथा विनिफ्रेड दुराइसिंगमले एक विकेट लिइन् ।

नेपालले आजको खेल जितेमा आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

यसैबीच आजै भएको अर्को खेलमा थाइल्याण्डलाई ४ रनले हराउँदै यूएईले फाइनलमा स्थान पक्का गरिसकेको छ ।