३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाई



अ+ अ-

काठमाडौँ । साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिएको छ । नेपाली टोली आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीलाई विदाई गरे।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले गत सोमबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

आगामी फागुन ७ गतेबाट हुने च्याम्पियनसिपमा नेपाल रहेको समूह बीमा प्यालेस्टाइन, सिरिया र इराक छन् । समूह ए मा आयोजक साउदीसहित ग्वाम, लेबनान र जोर्डन छन् ।

नेपालले पहिलो खेल फागुन ८ गते सिरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, १० गते इराकसँग तथा समूह चरणको अन्तिम खेल फागुन १२ गते प्लोस्टाइनसँग खेल्ने तालिका छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।