१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीडीसीका महाप्रबन्धक झामाथि कालोमोसो



अ+ अ-

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताले दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि कालोमोसो दलेका छन् ।

दूध बेचेको करिब १७ करोड रूपैयाँ दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको, डीडीसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रूपैयाँ बक्यौता तिर्न आलटाल गरेको, कर्मचारीको सरुवा-बढुवामा आर्थिक लाभ लिएको, महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड घाटामा लगेकोलगायतका आरोपमा झालाई कालोमोसो दलिएको क्रान्तिकारी युवा संगठनले जनाएको छ ।

केही दिनअघि यातायात विभागका डीजीलाई पनि उनीहरुले कालोमोसो दलेका थिए ।