९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

अमेरिकामा भारतीयलाई मात्र समय दिन्छन् नेपाली राजदूत

अमेरिकामा भारतीयलाई मात्र समय दिन्छन् नेपाली राजदूत
अ अ+ अ-

वासिङटन । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री नेपाली समुदायलाई समय दिन खासै आवश्यक ठान्दैनन् । उनले नेपालीलाई भन्दा अन्य देशका नागरिकलाई बढी समय दिन्छन् । त्यसमा पनि सबैभन्दा बढी त उनी भारतीयलाई दिन्छन् ।

अमेरिकामा पनि अहिले नेपाली समुदायको ठूलो उपस्थिति रहेको छ । त्यहाँ नेपालीहरुले जागिर खाने मात्र होइन आफ्ना बिजनेस व्यवसायलाई पनि फैलाएका छन् । उनीहरु होटल, रेष्टुरेन्टदेखि अन्य व्यवसायलाई अघि बढाइरहेका छन् । त्यस्तै एनआरएनए र त्यो भन्दा पनि नेपालका अन्य भौगोलिक या विषयगत संघसंस्थाहरु पनि स्थापना गरी नेपाली नेपाली बीचको सम्पर्क र सम्बन्धलाई स्थापित गर्ने काम गरिरहेका छन् ।

तर नेपाली समुदायका यी कुनै पनि क्रियाकलापहरुमा सहभागी हुन नेपाली राजदूत जान रुचाउँदैनन् । नेपाली समुदायले खोलेको रेष्टुरेन्टमा उनी उपस्थित हुदैनन् बरु भारतीयले भने बोलानासाथै पुगिहाल्छन् । हालैका केही भारतीय रेष्टुरेन्ट उदघाटनका कार्यक्रमबाट पनि यो पुष्टि भएको छ ।

नेपाली समुदायका विविध सांस्कृतिक तथा जनसम्पर्कका अन्य कार्यक्रममा अतिथिका रुपमा उपस्थित भैदिन नेपाली समुदायका नागरिकले गरेका आग्रहलाई लत्याउँदै उनी एकै महिनामा भारतीयका दुई रेष्टुरेन्ट उदघाटनमा पुगेका थिए । यो देखेर नेपाली समुदायका नागरिकले आश्चर्य पनि मानेका थिए । आफूहरुले खोलेका होटल रेष्टुरेन्ट हुन् या यस्तै नेपाली समुदायका कार्यक्रममा आउन नमान्ने राजदूत ती कार्यक्रममा भने सहजै सहभागी हुँदा अमेरिकास्थित नेपाली समुदायका नागरिकले आश्चर्य मान्नु पनि स्वाभाविकै हो ।

अर्कातर्फ अमेरिकास्थित नेपाली दूताबासले वासिङटन डिसीमा गर्ने कार्यक्रममा पनि राजदूत खत्रीले नेपालीलाई भन्दा भारतीयलाई नै बढी मात्रामा बोलाउन सहज मान्ने गरेका छन् । नेपालका मन्त्री या विशिष्ट व्यक्ति गएका बेला होस या दूताबासले आयोजना गर्ने कुनै औपचारिक कार्यक्रममा त्यहाँ नेपाली भन्दा विदेशी समुदायका नागरिकको संख्या बढी देख्ने गरिन्छ । नेपाली व्यवसायीका अनुसार दुताबास भित्र हुन औपचारिक कार्यक्रमहरुका नेपाली खानाको प्रर्बद्र्धनका लागि पटक पटक आग्रह गरे पनि उहाँले त्यत्ति चासो दिनु भएको छैन ।

उनको यो व्यवहारले यहाँका नेपालीले उनलाई बारम्बार गुनासो गर्ने गरे पनि उनले वास्ता गर्दैनन् । अमेरिकामा रहेका नेपाली समुदायले यस विषयमा दूताबासका कर्मचारीलाई भन्ने गरेको भए पनि उनीहरुले पनि राजदूतलाई नै देखाउने गरेका छन् । यसै विषयमा राखिएको एक जिज्ञासामा दूताबासका एक कर्मचारीले भने– हामीले त यसो नगरौँ भनेर उहाँलाई धेरै पटक भन्यौँ तर आफैँले भारतीय समुदायका कार्यक्रमलाई समय दिइसक्नुभएको हुन्छ हामीलाई थाहै हुदैन ।