२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा लगातार १५ ओडीआई जितेपछि नेपालको पहिलो हार



अ+ अ-

काठमाडौं । प्रशिक्षक मोन्टी देशाइको आगमनपछि नेपालले ओडीआई खेलमा घरेलु मैदानमा पहिलोपटक हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएसँगै नेपालले पहिलो हार पाएको हो ।

मोन्टी देशाइको प्रशिक्षणमा नेपालले टियु मैदानमा लगातार १३ ओडीआई जितेको छ ।  नेपालले अघिल्लो वर्षको लिग-२ मा अन्तिम १२ खेलमध्य ८ खेल घरेलु मैदानमा खेलेको थियो । जसमा नामिबिया र स्कटल्यान्डलाई २-२ खेल जितेको थियो भने यूएई भ्रमणमा ४ मध्य ३ खेल हात पारेको थियो ।

मार्चमा घरेलु मैदानमा खेलेको लिग-२ को अन्तिम सिरिजमा नेपालले लगातार ४ जित निकाल्यो । लिग-२ को ८ ओडीआई जितेको नेपालले प्रिमियर कपमा पनि दुई ओडीआई जितेको थियो।

गत साता नेपालले क्यानडाविरुद्ध लगातार ३ ओडीआई जित्दै सिरिज क्लिनस्विप गर्यो । मोन्टीको प्रशिक्षणमा नेपालले १३ ओडीआईमा शत प्रतिशत जित निकाल्यो । मोन्टीको प्रशिक्षणमा टी-२० आईमा भने नेपाल घरेलु मैदानमा नेपाल पराजित भई सकेको छ । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोटमा ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो ।

मोन्टी आउनुअघि पनि नेपालले टियु मैदानमा नोभेम्बर २०२२ को यूएईविरुद्ध सिरिजमा लगातार दुई खेल जितेको थियो ।