१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाले नेपाललाई चार विकेटले हरायो



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई पाँच विकेटले हराएको छ ।

जितको लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

नामिबियाका लागि जान फ्रांकलिनले ५३ बलमा चार चौकासहित सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३१, ओपनर माइकल भान लिनगेनले २३ तथा निकोलास डाविनले १५ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । ललित राजवंशीले २ तथा रोहित पौडेले एक विकेट लिए ।

त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ को निम्तो पाएको नेपाल ४१।१ ओभरमा अलआउट हुँदै जम्मा १३२ रन बनाएको थियो ।

नेपालको लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाएका थिए । उनले ८६ बलमा दुई चौका र १ छक्का हिर्काए । त्यस्तै, गुलसन झाले ३१ बलमा ३ चौकासहित २१ रन बनाए । करण केसीले ३८ बलमा १६ रन बनाउदा कुशल मल्लले १५ र पवन शर्राफले १२ रन बनाए ।

नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर आउट भए । यसपछि चौथो ओभरमा आसिफ शेख ४ रन र १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए ।

नामिबियाका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिएका थिए ।